खरसाङमा भीमसेन च्यालेन्ज कप फुटबल टुर्नामेन्ट:  जेआर 32 र अलि बक्स 7 युनाईटेड खरसाङ विजय

खरसाङ (निसं): खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा सम्पन्न भइरहेको पहिलो भीमसेन च्यालेन्ज कप फुटबल टुर्नामेन्टको आज सोमबार भएको दुईवटा खेलमा जेआर 32 र अलि बक्स 7 युनाईटेड खरसाङ विजय भएको छ। सोमबार पहिलो खेल आकाशवाणी खरसाङ र जेआर 32 माझ सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफ गोल शून्यको बराबरीमा समाप्त भएको थियो भने दोस्रो हाफमा जेआर 32-ले लगातार अन्तरालमा 2 गोल गरेको थियो। आकाशवाणी खरसाङले खेलको अन्त्यतिर एक गोल गरेका थिए भने खेलको अन्तिम क्षणमा बल गोल पोष्टमा लागेर फर्केको थियो। यस खेलमा जेआर 32 ले आकाशवाणीलाई 2-1 को अन्तरले पराजित गरेको छ।


त्यसरी नै दोस्रो खेल अलि बक्स 7 युनाईटेड खरसाङ र तरूणजाबारी खोप्रेलमाझ सम्पन्न भएको थियो। यस खेलको शुरुमा नै अलि बक्स 7 को खेलाड़ीले गोल गरेर बढत बनाएको थियो। अलि बक्स 7 ले मोठ 6 गोल गर्न सफल भएका थिए भने खोप्रेलका खेलाडीहरू केवल एक गोल मात्र गर्न सफल भएका थिए। अन्त्यमा अलि बक्स 7 ले 6-1 को अन्तरले खेल जितेको छ। आजको खेलमा मुख्य अतिथिको रूपमा पूर्व नगरपार्षद मोहन राई उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा नेवार विकास बोर्डको चेयरम्यान सुनिल प्रधान उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *