खरसाङ सिविटार चियाबारीमा सम्मान सेवा समारोह सम्पन्न

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा रहेको गेत्समनी प्रेयर चर्चको आयोजनामा आज सम्मान सेवा समारोह सम्पन्न भयो। सम्मान, प्रेम, प्रेरणा र प्रगतिको उद्देश्य राखेर गरिएको उक्त कार्यक्रममा सिविटार चियाबारी क्षेत्रका प्रतिभाशाली युवाहरूलाई गेत्समनी प्रेयर चर्चको तर्फबाट सम्वर्द्धना जनाइयो। एल्डर ज्योतिरत्न प्रधान र रजनी जलनले सञ्चालन गरेको उक्त कार्यक्रममा सिविटार क्षेत्रका प्रतिभाशाली युवाहरूलाई चर्चको तर्फबाट सम्वर्द्धना जनाइयो। तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन एकको उप विजेता रहेको मोहित भुजेल, भारतको प्रतिष्ठित फुटबल टुर्नामेन्ट आई लीगमा खेल्ने सिविटारका खेलाड़ी अमन राई, कोलकोता पुगेर अन्तर विद्यालय च्याम्पियनशीप जित्न सफल सिविटारकै रोजी प्रधान र माध्यमिक परीक्षामा प्रथम भएकी मातृका राईलाई खदार्पणसहित सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो।

यसैगरी, साङ्गीतिक क्षेत्रमा योगदान दिने सिविटार निवासी सङ्गीतकार एवम् शिक्षक असीत राई साथै सङ्गीत क्षेत्रमा अघि बढ़िरहेका मौसम नेवारलाई पनि सम्मान जनाइयो। कार्यक्रममा प्रसिद्ध नोम्याड्स ब्याण्डका गायक डेनाल्ड लेप्चा, सङ्गीता राई, मोहित भुजेलले गीत प्रस्तुत गरे। कार्यक्रममा सुम्निमा राईले स्वागत नृत्य प्रस्तुत गरिन् भने गेत्समनी प्रेयर चर्चको झुण्डद्वारा असीत राईको नेतृत्वमा समूह गीत प्रस्तुत गरियो। कार्यक्रममा प्रमुख वक्ताको रूपमा अभय प्रधान उपस्थित थिए। तिनले कार्यक्रमलाई सम्बोधन गर्दै हामी असल छिमेकी बनौं जहाँ असल सम्बन्ध बनोस्, हामी एक आपसमा प्रेम, प्रेरणा र प्रगतितर्फ लाग्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes