खरसाङ (निसं) : ‘बन्धकी राखेको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘आगो लागेको क्षितिज’, ‘शीर्षकविहीन’, ‘रातो सूर्यको अपहरण’, ‘अग्निशिखा’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’जस्ता दर्जनौं कलात्मक नाटकहरू प्रदर्शन गरेर सत्तरदेखि नब्बेको दशकको अन्त्यसम्म नाटकको क्षेत्रमा हलचल मच्चाउने खरसाङको जागृति परिवार अब स्वर्ण जयन्तीको दिशामा प्रवेश गरेको छ। 29 जुलाई 1973 -मा स्थापित भएको नाट्य संस्था जागृति परिवारले 49 वर्ष पुरा गरेर अब 50 वर्षमा पाइला टेकेको छ। जागृति परिवारको 49औँ स्थापना दिवस निजी भवनमा परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा संस्थाका संस्थापक एवम् सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’ लगायत पुराना सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा माता सरस्वतीको तस्वीरमा दियो बालेर शुभारम्भ गरियो भने परिवारका स्वर्गीय सदस्यहरूलाई श्रद्धाञ्जलि अर्पण गरेर एक मिनटको मौन धारण गरियो। परिवारका सचिव राजेन थापाले सञ्चालन गरेको कार्यक्रममा 49 वर्ष पुगेर स्वर्ण वर्षमा प्रवेश गरेको खुशीमा केक काटियो। नाटककार पूर्ण गुरुङ ‘निरुपम’-ले जागृति परिवारको स्थापना, नाटकका क्षेत्रहरूमा गरेका कार्यहरू र सङ्घर्षहरूलाई आफ्नो वक्तव्यमा प्रस्तुत गरे। परिवारका अध्यक्ष खेमराज राईले स्वयम् एकजना नाट्य कलाकार भएका हुनाले पुराना दिनहरूलाई स्मरण गर्दै रोचक वक्तव्य प्रस्तुत गरे। कार्यक्रमपछि सम्पन्न भएको सभामा आउँदो वर्ष 2023 मा जागृति परिवारको 50 वर्ष पुरा हुने भएकोले स्वर्ण जयन्ती पालन गर्ने बारेमा विचार-विमर्श गरियो। यसको निम्ति आउँदो महिना 6 अगस्तको दिन परिवारको सभा हुनेछ र त्यसै सभामा एउटा समिति गठन गरिने भएको छ। सोही सभामा स्वर्ण वर्षको कार्यक्रमबारे छलफल गरिने र नयाँ युवा कालाकारहरूलाई नाट्य क्षेत्रमा प्रोत्साहित गर्न जागृति परिवारले सदस्यको रूपमा समावेश गर्ने भएको छ।
खरसाङको नाट्य संस्था जागृति परिवार स्वर्ण वर्षमा प्रवेश

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
