खरसाङको तीनधारेमा 9 दिवसीय सङ्गीतमय श्रीमद् भागवत देवी पुराण शुरू

खरसाङ (निसं): खरसाङको तीनधारेमा 9 दिवसीय सङ्गीतमय श्रीमद भागवत देवी महापुराण आजदेखि शुरू भएको छ। तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा कलश यात्रासितै 9 दिवसीय श्रीमद भागवत देवी महापुराण शुरू भएको छ। उक्त कलश यात्रा रामेश्वर शिवालय मन्दिरबाट शुरू गरेर रेलवे स्टेशन हुँदै एनएच 55 भएर अप्पर गोलाईसम्म पुगेर तीनधारे परिक्रमा गरेपछि पुनः मन्दिर परिसरमा पुगेर समाप्त गरियो। अब लगातार रूपमा कथा वाचन र सङ्गीतमय भजन कीर्तनको कार्यक्रम आयोजना हुने जानकारी प्राप्त भएको छ।


उक्त 9 दिवसीय देवी महापुराण आगामी 4 फरवरीसम्म चल्नेछ। 9 दिवसीय श्रीमद भागवत देवी महापुराणमा मुख्य वाचकको रूपमा उमेश चापागाईंउप वाचकको रूपमा कमल दाहाल, गणेश गुरुजीमा प्रेमप्रसाद उपाध्य, सङ्गीतकारमा लक्ष्मण काँफ्ले, तबलामा जयदीप बरूवा, बाँसुरीमा सुरेन सुब्बा, प्याडमा रोमन राई रहेको जानकारी प्राप्त भएको छ। उक्त श्रीमद भागवत देवी महापुराण 4 फरवरीमा पूर्णावतीसितै समाप्त हुने तीनधारेबाट बिनय छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *