खरसाङ स्कुल अफ् म्युजिकद्वारा म्युजिकल कन्सर्ट

खरसाङ (निसं): खरसाङ स्कुल अफ् म्युजिकले आफ्नो विद्यार्थीहरूलाई लिएर खरसाङको दुःख निवारक सम्मेलन भवनमा एउटा सांस्कृतिक गोष्ठी (म्युजिकल कन्सर्ट)-को आयोजना गऱ्यो। ट्रिनिटी म्युजिक अफ् लण्डनद्वारा मान्यता प्राप्त यस म्युजिक स्कुलले प्यानो, गिटार, ड्रम र भायोलिन आदि बजाउनको लागि विद्यार्थीहरूलाई शिक्षा दिइरहेको छ। कार्यक्रमको प्रारम्भमा यस स्कूलका प्राचार्य हेम मुखियाले स्वागत सम्बोधन राखेपछि सबैभन्दा पहिला प्यानोका विद्यार्थीहरूले क्रमै अनुसार प्रस्तुति दिए भने गिटार र ड्रममा पनि विद्यार्थीहरूले रोचक प्रस्तुति दिए। यस कार्यक्रममा खरसाङको अति पुरानो ब्याड फ्रेन्डस्‌को सदस्य सोमी मुखर्जी विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। विद्यार्थीहरूले विभिन्न अंग्रेजी गीतहरूसँगै नेपाली पप गीतहरू पनि प्रस्तुत गरे। यसैगरी, खरसाङ स्कुल अफ् म्युजिकका टिचरहरूले पनि आ-आफ्नो प्रस्तुती दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *