लाखौँ रुपियाँको याबा ट्याबलेटसहित 3 जना पक्राउ

खोरीबारी : सिलगढी एसटीएफ डीएसपी सुदीप भट्टाचार्यको नेतृत्वमा पुलिसले सादा पोशाकमा गत राति पानीट्याङ्कीको एउटा होटलमा छापामारी अभियान चलाएर नशालु (याबा) ट्याबलेटसहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरूबाट पुलिसले लगभग 40 हजार याबा ट्याबलेट जफत गरेको छ भने यसको अनुमानित बजार मूल्य लगभग 30 लाख रुपियाँ रहेको बताइएको छ।  प्राप्त जानकारीअनुसार क्रेता बनेर नशालु ट्याबलेट किन्न पुलिस उक्त होटलमा पुगे। यसपछि बाइकमा सवार भएर ती युवकहरू नशालु ट्याबलेट दिन होटलमा आउँदा पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। हाल एसटीएफले आवश्यक कार्यवाहीपछि पक्राउ गरेको ती 3 जना युवकलाई खोरीबारी थानालाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *