सिलगढी: लामो प्रतीक्षापछि अन्ततः बारीभाषा भीआईपी रोडको मरमति कार्य गरिने भएको छ। यो सडक लामो समयदेखि खराब स्थितिमा रहेको थियो। सडकको मरमतिको माग गर्दै स्थानीय मानिसहरूले बारम्बर विरोध प्रदर्शन तथा सडक अवरुद्ध गरेका थिए। अन्ततः एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले आज सडक मरमति कार्यको शिलान्यास गरे। यस अवसरमा एसजेडीएका भाइस चेयरम्यान दिलीप दुग्गर, एसजेडीएका सदस्य गौतम गोस्वामी, एसजेडीए सदस्य तथा वार्डका पार्षद रञ्जन शील शर्मा लगायत अन्य लोग उपस्थित थिए। जाबराभिटा अन्डरपासदेखि भवेशमोड पेट्रोल पम्पसम्म लगभग 1400 मिटर सडक तथा सडकको एकापट्टि नाली बनाउने भएकोले इलाकावासी खुसी छन्। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, यस सडकको काम पहिला नै गरिने कुरा थियो। स्थानीय विधायक तथा तिनका समर्थकहरूले सडकको काम रोकिदिएकोले गर्दा नै सडक मरमति हुन सकेन। अर्कोतिर, विधायक शिखा च्याटर्जीले भनिन्, एसजेडीए चेयरम्यानले डर्टी पोलेटिक्स गरिरहेको छ। यसभन्दा पहिला पनि सडकको लागि टेन्डर पास भएको थियो। त्यसको रुपियाँ कहाँ गयो?
लामो प्रतीक्षापछि बारीभाषा भीआईपी रोडको मरमति गरिने भएकोले गाउँलेहरू खुसी

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
