लायन्स क्लब अफ् सिलगढी युनिटी विङ्ग्सद्वारा विशिष्ट महिलाहरूलाई सम्मान

सिलगढी :  लायन्स क्लब अफ् सिलगढी युनिटी विङ्ग्सको पहल एवम् दैनिक जागरणको सहयोगितामा महिला दिवसभन्दा अगावै समाजका 19 जना विशिष्ट नारीहरूलाई सम्मानित गरियो। सिलगढीको सेभोक रोडस्थित एउटा रेस्टुरेन्टको ब्यान्क्वेट हलमा एउटा कार्यक्रम आयजना गरियो। यस अवसरमा विशिष्ट अतिथिको रूपमा सिलगढीकी प्रथम महिला टोटो चालक मुनमुन सरकार उपस्थित थिइन्। लायन्सका डीजी अभिजीत सेनले दैनिक जागरणको पहलमा आवश्यकमन्द मानिसहरूको लागि एउटा अस्पताल बनाउने मुनमुन देवीको सपना पुरा गर्नको लागि सिक्किमका राज्यपालको तर्फबाट तिनलाई 50 हजार रुपियाँको चेक प्रदान गरियो। लायन्सका डीजी अभिजीत सेनले बताएअनुसार वर्षको प्रत्येक दिन महिला दिवस हो। तिनले महिला दिवसभन्दा अगावै महिलाहरूलाई सम्मान गरेकोमा गौरान्वित अनुभव गरिरहेको बताए। यस अवसरमा लायन्स क्लब अफ् सिलगढीका फर्स्ट लेडी जुबली सेन, युनिटी विङ्ग्सकी अध्यक्ष जुली चौधरी, प्रोजेक्ट चेयरम्यान निकिता सिङ्घल लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *