सिलगढी : लायन्स क्लब अफ सिलगढी प्राइडको ड्रीम लीग सीजन 3 शुरू हुने भएको छ। आज सीजन 3-को अक्सनको शुरूआत गरियो। सालुगढास्थित एउटा गैर सरकारी होटलमा लायन्स क्लब अफ सिलगढी प्राइड-ले ड्रीम लीग सीजन 3 -को अक्सन कार्यक्रमको आयोजना गर्यो। यस अक्सनमा 104 जना खेलाडीहरूको अक्सन गरियो। अक्सन कार्यक्रमलाई लिएर आयोजकर्ता लगायत मानिसहरूमा निक्कै उत्साह देखियो। लायन्स क्लब अफ सिलगढी प्राइडको ड्रीम लीग सीजन 3 आगामी 3 फरवरीदेखि शुरू हुनेछ भने आगामी 5 फरवरीमा फाइन सँगै यस लीगको समापन हुनेछ। उक्त लीगमा सिलगढीको 8 टोलीमाझ भीडन्त हुनेछ। सिलगढीको एसएफ रोड़स्थित हिन्दी हाई स्कुलमा खेल सम्पन्न हुनेछ। यस अवसरमा लायन्स क्लब अफ सिलगढी प्राइडका सचिव गौरव अग्रवालले भने, क्रिकेट मानिसहरूको निक्कै लोकप्रिय खेल हो। यसैले सिलगढीमा पनि यस खेलको महाकुभ ल्याउने उद्देश्य लिएर तेस्रो वर्ष पनि लायन्स क्लब अफ सिलगढी प्राइडको ड्रीम लीग सीजन 3-को आयोजना गरेको छ। आज 104 जना खेलाडीहरूको अक्सन गरियो। आगामी 3 देखि 5 फरवरीसम्म ड्रीम लीग खेलाइनेछ। उक्त म्याचबाट प्राप्त राशि आवश्यकमन्द मानिसहरूको लागि खर्च गरिनेछ। कार्यक्रममा लायन्स क्लब अफ सिलगढी प्राइडका अध्यक्ष रोहित गर्ग र ड्रीम लीग प्रोजेक्ट चेयरम्यान जीतु अग्रवाल उपस्थित थिए।
लायन्स क्लब अफ सिलगढी प्राइडद्वारा आयोजित ड्रीम लीग सीजन 3-को अक्सन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
