लोहापुल सडक दुर्घटना: अझ एकजना घाइतेको मृत्यु, मर्नेहरूको संख्या पुग्यो 6

सिलगढ़ी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्बी नजिक सुन्तलेमा भएको एउटा सडक दुर्घटनामा अझ एकजनाको आज सिलगढीमा उपचाराधिन अवस्थामा मृत्यु भएको छ। सिलगढीको एउटा निजी अस्पतालमा गम्भीर घाइते अवस्थामा हिजो भर्ना गरेका डली दासको आज बिहान मृत्यु भएको छ। उक्त दुर्घटनामा मर्नेहरूको सङ्ख्या हालसम्म 6 पुगेको छ भने अन्य दुईजनाको अस्पतालमा उपचार चलिरहेको छ। आज राज्यका पर्यटन मन्त्री गौतम देव उपचाराधिन रहेका अन्य घाइतेहरूलाई हेर्न सिलगढ़ीको निजी अस्पतालमा पुगेका थिए। यस अवसरमा पर्यटन मन्त्री देवले मृतक डली दासको पार्थिव शव तिनको पैतृक स्थान उडिस्सा पुऱ्याउनको लागि सहयोग गर्ने बताएका छन्। स्मरण रहोस, हिजो अपरान्ह सिक्किमबाट सिलगढी आइरहेको एउटा टाटा सुमो वाहन (SK01J2377) लोहापुल नजिक सुन्तले छेउमा आइपुग्दा चालकले नियन्त्रण हराएर मूल सडकदेखि सोझै तल झर्यो। उक्त दुर्घटनामा 5 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य तीन जनालाई गम्भीर घाइते अवस्थामा सिलगढ़ीको एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *