लकडाउनको उल्लङ्घन गर्ने 5 जना पक्राउ

सिलगढी : लकडाउनको उल्लङ्घन गरेको आरोपमा एनजेपी थाना पुलिसले आज 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार लकडाउन अवधि सरकारद्वारा तोकिएको निर्दिष्ट समयपछि पनि धेरै ठाउँहरूमा दोकानहरू खुल्लै रहेको देखियो। यसको साथै गेटबजार लगायत अन्य केही ठाउँहरूमा अवैध रूपमा मानिसहरू एकत्रित भएर रम-रक्सी एवम् जुवाको अड्डा लगाइरहेको थियो। यसपछि एनजेपी थाना पुलिसले अभियान चलाएर 5 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *