लुगा दोकानमा आगो लाग्दा लाखौं रूपियाँको नोक्सान  

सिलगढ़ी: सिलगढी संलग्न रानीडांगामा एउटा लुगाको दोकानमा आगो लागेर जलेपछि भष्म भएको छ। तथापि उक्त आगलागीको घटनामा कसैलाई चोट-पटक नलागेको बताइएको छ। प्राप्त जानकारी अनुसार बुधवार अबेर राति लगभग साढ़े 12 बजी स्थानीय मानिसहरूले उक्त दोकानबाट आगोको धुँवा निकलिइरहेको देखेपछि यसबारे दमकल विभागलाई जानकारी दिए।  खबर पाउन साथै दमकलको दुई वटा इन्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए। तथापि उक्त समयसम्म दोकान भित्र भएको सम्पूर्ण सर-सामान जलेर भष्म भइसकेको थियो। दोकानमा आगो के कारणले लाग्यो भन्नेबारे सटीक पत्तो नलागेको बताइएको छ। दोकान मालिक कुसुम चन्द्र बर्मनले दिएको जानकारी अनुसार दोकानमा लागेको आगोले लगभग 10 लाख रूपियाँको सम्पत्ति डढेर नोक्सान भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *