राजगञ्ज, 2 मई (निसं): पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको दशौं श्रेणीको रिजल्ट आज सार्वजनिक भएको छ। यस पल्टको माध्यमिक परीक्षामा सबै जसो विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
त्यसैक्रममा, राजगञ्जको सरियाम यशोधर उच्च माध्यमिक विद्यालयकी छात्रा तनुश्री मजूमदारले उत्कृष्ट अङ्कसहित परीक्षा उत्तीर्ण गरेकी छन्। उनी राजगञ्जको सरियाम क्षेत्रकी वासिन्दा हुन्। तनुश्रीले मोठ 700 अङ्कमा 679 अङ्क ल्याएर आफ्नो क्षेत्रमा चर्चा र गर्वको केन्द्र बनेकी छन्।
तनुश्रीको परिवारमा उनका पिता हरेकृष्ण मजूमदार, आमा गीता मजूमदार, एकजना दिदी, हजुरबुबा र हजुरआमा छन्। उनका पिता एकजना किसान हुन् भने आमा गृहिणी हुन्।
सामान्य किसान परिवारकी छोरी तनुश्रीको यस असाधारण सफलताले सम्पूर्ण परिवार र स्थानीय वासिन्दा गर्वित भएका छन्। परीक्षाको रिजल्ट आएपछि तनुश्रीले भनिन्, मलाई धेरै राम्रो लागेको छ। यदि म टप टेनमा परेकी भए अझ खुशी लाग्ने थियो। उनले पढाइसँगै गीत सुन्न र गाउन मन पराउने बताएकी छन्। भविष्यमा उनी आईपीएस अधिकारी बन्ने सपना रहेको बताइन्।
यसैगरी, उनका आमा-बुबाले भने, हामी छोरीको सफलतामा अत्यन्त खुशी छौं। हामी उसका सपनाहरू पुरा गर्न हरेक तरिकाले साथ दिनेछौं।
स्थानीय मानिसहरू लगायत शिक्षकहरूले पनि तनुश्रीलाई समर्पण र उद्देश्यका साथ अघि बढ्न बधाई दिएका छन् र उनको उज्ज्वल भविष्यको कामना गरेका छन्।
माध्यमिक परीक्षा: राजगञ्जका तनुश्री मजूमदार 679 अङ्क प्राप्त गरेर बनिन् स्कूल टप्पर

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
