माध्यमिक परीक्षामा कुचबिहारका चन्द्रचूडले राज्यभरिमैं हासिल गरे पहिलो स्थान

 कुचबिहार (निसं): आज माध्यमिक परीक्षाको रिजल्ट सार्वजनिक भएको छ। कुचबिहारको रामभोला हाई स्कूलका छात्र चन्द्रचूड़ सेनले मध्यमिक परीक्षामा राज्यभरिमैं पहिलो स्थान हासिल गरेका छन्। कुचबिहार जिल्लाको रेल गुमटी इलाका निवासी चन्द्रचूड़ सेनका पिता सुशान्त सेन पेशाले व्यवसायी हुन् भने आमा मौसमी सेन एकजना गृहिणी हुन्। चन्द्रचूड़ सानै उमेरदेखि प्रतिभाशाली छात्र थिए। पढ़ाई वाहेक तिनी पेन्टिङ गर्न, गीत गाउनु अनि पुस्तकहरू पढ्न अधिक मन पराउँछन्। चन्द्रचूडले  कुचबिहारको अरविन्द पाठ भवनबाट आफ्नो पढाइ शुरू गरेका थिए। यसपछि कक्षा पाँचदेखि तिनी रामभोला हाई स्कूलमा पढाइ गरिरहेका छन्। चन्द्रचूड़ भविष्यमा नेट परीक्षामा सफलता हासिल गरेर मेडिकल लाइनमा जान चाहन्छन्।


आफ्नो सफलताबारे कुरा गर्दै चन्द्रचूड़ले भने, रूटिङ अनुसार मैले पढिन्। तर जब मलाई पढ्नु मन लाग्थ्यो तब मन लगाएर पढ्थे। आज  मध्यमिक परीक्षाको परिणाम घोषित भएपछि विभिन्न राजनीतिक पार्टीका नेतागण लगायत स्कूलका शिक्षक चन्द्रचूडको घर पुगेका थिए। हाल चन्द्रचूडलाई बधाई दिनेहरूको थुप्रो लागेको छ।  यसैगरी, चन्द्रचूड़को माता-पिता पनि छोराको सफलता पछि धेरै खुशी छन्।  

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *