सिलगढी : महानन्दाको लालमोहन मौलिक निरञ्जन घाटमा रेलिङ निर्माण गरिएकोले छठ पुजा गर्ने मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। यस वर्ष छठ पुजा गरिन्छ कि गरिँदैन भन्ने विषयलाई लिएर पुजा आयोजकहरू असमञ्जसमा परेका छन्। प्रत्येक वर्ष नै उक्त घाटमा छठ पुजाको आयोजना गर्दै आइरहेको छ। केही वर्ष अघि ग्रीन ट्रिब्युनलले महाननन्दा नदीमा कहीँ पनि छठ घाट नबनाउने निर्देश दिएको थियो। तर उक्त नदीको दुवैतिरको किनारमा छठ घाटको तयार शुरू गरिएको छ। सिलगढी नगरनिगमको तर्फबाट महानन्दा घाटको सौन्दर्यीकरणको लागि नदीको किनारमा रेलिङ बनाएकोले यस वर्ष कसरी छठ घाट बनाउने भन्ने विषयलाई लिएर छठ पुजा आयोजकहरू चिन्तित बन्न पुगेका छन्। यस विषयलाई लिएर छठ पुजा आयोजकहरूले प्रशासनसित पनि भेट गरे। केही दिन अघि प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्य उक्त घाटको निरीक्षण गर्न आएको समय छठ पुजा आयोजकहरूले तिनलाई घेराउ गरेर विरोध जनाएका थिए। यसपछि आज प्रशासनले उक्त रेलिङ भत्काएर 2 वटा गेट बनाउने कार्य शुरू गरेको छ भने पुजा आयोजकहरूले यसको पनि विरोध जनाएका छन्। सौन्दर्यीकरणको लागि बनाइएको रेलिङ नभत्काओस् भन्ने तिनीहरूको भनाइ रहेको छ। आज छठ पुजा समितिका कार्यकर्ता, सदस्य र पुजा आयोजकहरूले एउटा बैठक गरे। उक्त बैठकमा समितिका प्रवक्ता अत्रि शर्माले घाटमा छठ पुजाको आयोजना गरिन्छ अथवा गरिँदैन भन्ने विषयमा हालसम्म पनि अन्तिम निर्णय नलिइएको बताए। यसको साथै आफूहरू रेलिङ भत्काउने पक्षमा नरहेको तिनले जनाए। आफूहरू कानुन अनुसार कार्य गर्ने साथै यसबारे फेरि चर्चा गरेर यसको समाधान निकाल्ने तिनले बताए।
महानन्दामा रेलिङ बनाएपछि छठ पुजालाई लिएर आयोजकहरू असमञ्जसमा

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
