राजगञ्ज: माइता गएपछि 4 दिनदेखि रहस्यमय ढङ्गमा एउटी गृहिणी निखोज भएकी छन्। निखोज गृहिणी राजगञ्जको पागलाहाट गाउँ निवासी सुमिला सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लगभग 4 वर्ष अघि राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको पागलाहाट गाउँ निवासी शिक्षक रञ्जन मोदकसित सुमिला सरकारको बिहे भएको थियो। गत सोमबार काली पुजाको मेला घुम्नको लागि धुपगढी थाना अन्तर्गत दक्षिण काठुलियास्थित माइता घरमा सुमिला लोग्ने रञ्जनसित गएकी थिइन्। यसको भोलिपल्ट रञ्जन घर फर्किआए तापनि सुमिला माइतामै बसिन्। गत बुधबार राति साढे 11 बजी सुमिला घरबाटै निखोज भएको बताइएको छ। यसपछि विभिन्न ठाउँ लगायत आफन्तको घरमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि गत बिहिबार परिवारका सदस्यहरूले धुपगढी थाना निखोज भएकोबारे अभियोग दर्ता गरेका छन्। अर्कोतिर, लोग्ने रञ्जनले विभिन्न ठाउँमा स्वास्नीको खोजी गरिरहेका छन्।
माइताबाटै रहस्यमय ढङ्गमा निखोज गृहिणी

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
