मजदुरी बढाउने मागमा सिलगढी नयाँ बजारका चालकहरूद्वारा जक्का जाम

सिलगढी: उत्तर बंगालकै सबैभन्दा ठूलो खाद्य मन्डी सिलगढी सहरको नयाँ बजार हो। यस बजारबाट उत्तर पूर्वीय राज्यहरू लगायत दार्जिलिङ, कालेबुङ जिल्ला, सिक्किम राज्य आदिमा खाद्य पदार्थहरू निर्यात गर्ने गरिन्छ। यति मात्र नभएर सैकडौ परिवारको रोजीरोटी यही नयाँ बजारमा अडिएको छ। आज बिहानदेखि नै नयाँ बजार मन्डीमा काम गर्ने तीनचक्के भ्यान तथा वाहन चालकहरूले मजदुरी बढाउनु पर्ने मागमा चक्काजाम गरे। यसले गर्दा नयाँ बजारमा माल बोक्ने काम नभएपछि मन्डीमा माल लैजाउने वाहनहरूको लामो लस्कर देखियो। मजदुरहरूको भनाई अनुसार मन्डी मालिकहरूले तिनीहरूको मजदुरूको रूपियाँ बढाउनु पर्छ। धेरैपल्ट मन्डी मालिकहरूलाई मजदुरीको रूपियाँ बढाउऩु पर्ने माग गरे तापनि गत चार वर्ष अघिदेखि मजदुरी नबढाएको चालक मनरञ्जन कुमारले बताए। जबसम्म आफुहरूको माग पुरा हुँदैन तबसम्म  आन्दोलन जारी रहने मन्डीका चालकहरूले बताएका छन्।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *