मालबजार नजिक वाहन दुर्घटना

मालबजार : डुवर्सको मालबजार नजिक मङ्पङस्थित राष्ट्रिय राजमार्गमा भर्खरै एउटा वाहन दुर्घटनाग्रस्त भएको छ। उक्त वाहनका चालकको अवस्था खुबै चिन्ताजनक रहेकोले तिनलाई स्थानीय मानिसहरूको सहयोगमा नजिकको अस्पतालमा लगिएको छ। यसको साथै वाहनमा सवार अन्य व्यक्तिहरू पनि घाइते भएका छन्।


प्राप्त जानकारीअनुसार सिलगढीदेखि मालबजार गइरहेको समय उक्त घटना भएको हो भने वाहनमा सवार घाइतेहरू सबैजना मालबजार निवासी रहेको बताइएको छ। दुर्घटनामा वाहन पूर्ण रूपमा क्षतिग्रस्त बन्न पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *