मालदामा चलचित्र उत्सवको आयोजना गरिने

मालदा : मालदामा प्रथमपल्ट चलचित्र उत्सवको आयोजना गरिने भएको छ। मंगलबार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सबुज बनानीको कर्णधार सबुज दासले यसबारे जानकारी गराए। उक्त संस्थाले धेरै समय अघिदेखि उत्तरबंगालका विभिन्न जिल्लामा कार्य गर्दै आइरहेको साथै मालदा जिल्लामा प्रशासनको सहयोगमा प्रथमपल्ट एक महिनाभित्रमा चलचित्र उत्सवको आयोजना गरिने तिनले बताए। यसको साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरको कला कौशल लिएर एउटा कार्यशालाको पनि आयोजना गरिने भएको छ। उक्त कार्यशालामा चलचित्र जगतसँग सङ्लग्न तथा ईच्छुक युवक-युवतीले अंश ग्रहण गर्ने सक्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *