मालदा मेडिकल कलेजबाट रोगी निखोज

मालदा : मालदा मेडिकल कलेज एवम् अस्पतालको वार्डबाट एकजना रोगी निखोज भएको छ। प्राप्त जानकारीअनुसार गत शुक्रबार पुखुरिया थानाको सम्बलपुर निवासी 52 वर्षीय आबु तालाहा उपचारको लागि मालदा मेडिकल कलेजमा भर्ना भएका थिए। हिजो रातिदेखि अस्पतालको वार्डबाटै आबु निखोज भएको बताइएको छ। निखोज रोगीका स्वास्नी हासनारा बिबीले आफूहरूलाई वार्डभित्र पस्न नदिएको साथै अस्पताल कर्तृपक्षको लापर्वाहीको कारण उपचार अवधि तिनको लोग्ने निखोज भएको हासनारा बिबीको आरोप लगाएकी छन्। यस विषयमा तिनले थानामा अभियोग दर्ता गरेपछि घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *