मङ्पु: तकदाह रंगली रंगलीयट खण्ड अन्तर्गत राज्य सरकारद्वारा मङपुमा हुने विविध विकास कार्यबारे विस्तृत रुपमा मङ्पु क्षेत्र टीएमसीका शीर्ष नेतृत्ववर्गले आज मङपुमा पत्रकार सम्मेलन डाकेर जानकारी गराए। हालै तकदाह रंगली रंगलीयट खण्ड अन्तर्गत मङ्पुको नाली डाँड़ादेखि मङपु सरकारी अस्पतालसम्म झट्टै सिमेन्टेड सडक निर्माण हुने, सिम्ले 10 नम्बरदेखि यहाँको शिव मन्दिरसम्म पक्का सडक निर्माण हुने अनि रोङचोङ शिव मन्दिरदेखि झोलुङगे पुलसम्म पक्का सडकको निर्माणको कार्य पनि झट्टै शुरु हुने आरआर ब्लकका टीएमसी पार्टी उपसभापति बीएस राईले पत्रकारहरुलाई जानकारी दिए। यसैगरी, तकदाह आरआर ब्लक अन्तर्गत 10 वटा बिकाशमूलक कार्यहरु आएको थियो भने जसमध्ये तीनवटा कार्यहरु मङपु क्षेत्रमा भित्रिएको जानकारी दिँदै टीएमसी पार्टीद्वारा क्रमबद्ध रुपमा अन्य बिकाशमूलक कार्यहरु ल्याउने ट्रेड युनियन जोनल सचिव रतन लामाले बताए। तिनले मङपु क्षेत्रको विकास योजना भित्र्याउनमा सहयोग पुराउने पार्टीका शीर्ष नेतृत्वहरू राज्यसभा संसद शान्त छेत्री, पार्टी अध्यक्ष एलबी राई,जिल्ला नारी एकाई सचिवा रेजिना गुरुङ, आरआर ब्लक खण्ड सभापति सञ्जय सुब्बा अनि सचिव पुस्कर सन्यासीलाई आभार व्यक्त गरे। यसैगरी, टीएमसी ट्रेड युनियन महासचिव किरण ब्लोनले बताए अनुसार सिन्कोना कारखाना सञ्चालन नभएको कारणले नै सिन्कोना बगान पुन: सञ्चालन हुन नसकेको बताए। हालसम्म सिन्कोना कारखानामा कुइनोलोजिस्ट नभएको कारण कारखानामा काम गर्नु असुविधा भइरहेको थियो भने हालै टीएमसी पार्टीको पहलमा पीएससी उतीर्ण गरेका एकजना अतिरिक कुइनोलोजिस्ट मङपु कारखानामा नियुक्त भइसकेको तिनले जानकारी गराए। यसको साथै रेसेप बजारमा डम्पिङ ग्राउण्ड बनाउने पार्टीको योजना रहेकोले यस बिषयमा आज जिल्लापालसँग पार्टीका शीर्ष नेतृत्वहरूले बैठक गरेको तिनले जनाए।
मङ्पुमा ब्लकमार्फत तीनवटा बिकाश कार्य हुने टीएमसीको दावी

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
