मङपूमा नेपाली चलचित्र दार्जिलिङ डायरी-को प्रिमियर शो

मङ्पू: मङ्पूको छोरो पुष्कर सिङगरले अभिनय गरेको नेपाली चलचित्र दार्जिलिङ डायरी-को प्रिमियर शो आज मङपू रम्बी विभाग सार्वजनिक भवनमा सम्पन्न भयो। समाजसेवी बिक्रम राईको प्रमुख आतिथ्यमा आजको कार्यक्रम शुरु गरियो। मनोज मोक्तानले सञ्चालित गरेको उक्त कार्यक्रममा मङपूका साहित्यकार सुरेन्द्र थिङको बाहुलीबाट चलचित्रका सम्पूर्ण कलाकार अनि प्रमुख अतिथिलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यसैगरी, आज मङपूका दर्शकहरूले रम्बी बीचकमान सार्वजनिक भवनमा प्रदर्शित नेपाली चलचित्र दार्जिलिङ डायरी- हेरेर भरपुर आनन्द उठाए। अब भोली 23 अक्टोबरको दिन मङपू रम्बी बीचकमान सार्वजनिक भवनमा पनि उक्त चलचित्रको प्रिमियर शो गरिने भएको जानकारी गराउँदै उक्त चलचित्र हेरिदिएर कलाकारहरुलाई थप प्रेरणा बढाईदिने आयोजक समितिले सबैसित अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *