मङ्पु सिन्कोना निर्देशालयमा संवर्द्धना कार्यक्रम

मङ्पु (निसं): मङ्पु, मन्सोङ, रोँगो र लाटपञ्चरमा उत्पादित सामाग्रीहरू गुणस्तर हुनको कारण पश्चिम बङ्गाल राज्यमा नै सिन्कोना अनि अन्य औषधीय पौधाहरूका स्टलले प्रथम स्थान ओगट्न सफल भएको खुशीयालीमा निर्देशक डा. शामुएल राईको चेम्बरमा संवर्द्धना कार्यक्रम उप-निर्देशक श्रीमती पीएल भोटिया अनि व्यवस्थापक मुख्यालय गोपाल लामिछानेको पहलमा आयोजना गरिएको थियो । “यशसा वर्दते भवान्” अर्थात तपाईँको सफलताको निम्ति बधाईहरू भनेर शुरू गरिएको बधाई-पत्रलाई निर्देशालयका नेपाली अनुवादक दीप थापाले पठन गरेपछि प्रतिनिधिहरूलाई उक्त संवर्द्धना-पत्र हस्तान्तरण गरियो। यस कार्यक्रममा सिन्कोना निर्देशालयलाई प्रतिनिधित्व गर्दै निर्देशक डा. शामुएल राईको अगुवाईमा क्रमशः डा. सान्तानु लायेक, सह-हर्टिकल्चरिस्ट, डा. एसके मसुदुल, कुलैनविद् प्रभारी प्रवेश खवास, सुशिल तामाङ अनि शिवकुमार राईले सिन्कोना निर्देशालयलाई प्रतिनिधित्व गरेर आफ्नो बहुमूल्य योगदान प्रदान गरे वापत् तिनीहरूलाई खदा अर्पण गरियो।
यस अवधि समारोहमा डा. सान्तानु लायेक, प्रवेश खवासले क्रमशः रूपमा कोलकत्तामा भएको कार्यक्रममा देखेका तथा भोगेका विषयहरूलाई सभामा जानकारी गराए। आजको सभाको महत्वलाई प्राथमिकता दिँदै प्रतिनिधि टोली लगायत सम्पूर्ण सिन्कोनावासीले सकरात्मक सोंचले गरेको कर्मको प्रतिफललाई उप-निर्देशक, श्रीमती भोटिया अनि व्यवस्थापक लामिछानेले सारगर्वित सम्भाषण राखे। यसैगरी, निर्देशक डा. शामुएल राईले सम्बोधनमा आफ्नो अनुभवलाई सभासमक्ष खुबै प्रभावी ढङ्गमा प्रस्तुत गर्दै मङ्पु, मन्सोङ, रोँगो अनि लाटपञ्चर चारै युनिटका सिन्कोनावासीलाई बधाई सन्देश दिए। सिन्कोना निर्देशालयमा आजको सभामा सह-कुलैनविद् श्रीमती युडेन अङ्मु योञ्जन, उद्भिद रोग विशेषज्ञ सुश्री देवस्मिता मुखर्जी, स्पेशल अफिसर निर्मल भुजेल, युडीसी क्रमैले श्रीमती सरिता राई, गोपाल तामाङ, श्रीमती सुरभी बराइली, एलडीसी ज्योति राई, औषधीय पौधाहरू विशेषज्ञ सुश्री लह्मु शेर्पा, कार्यालय सहयोगी अभिमन्यु गुरूङ, विवेक तामाङ लगायत नैपुण्य प्रकाशनका नैना राई उपस्थित थिए। स्मरण रहोस, खाद्य परिशोधन उद्योगहरू अनि बागवानी विभाग, पश्चिम बङ्गाल सरकारद्वारा गत 17 देखि 19 फरवरी 2024 सम्म नेताजी इण्डोर स्टेडियम कोलकतामा आयोजित हर्टी फुड फेस्ट-2024 सम्पन्न भएको थियो, जहाँ यस वर्ष सिन्कोना निर्देशालयको अङ्शग्रहणले उक्त उत्सवलाई छुट्टै मार्यादा दिन सक्षम बनेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *