मङ्पु (निसं): मङ्पु, मन्सोङ, रोँगो र लाटपञ्चरमा उत्पादित सामाग्रीहरू गुणस्तर हुनको कारण पश्चिम बङ्गाल राज्यमा नै सिन्कोना अनि अन्य औषधीय पौधाहरूका स्टलले प्रथम स्थान ओगट्न सफल भएको खुशीयालीमा निर्देशक डा. शामुएल राईको चेम्बरमा संवर्द्धना कार्यक्रम उप-निर्देशक श्रीमती पीएल भोटिया अनि व्यवस्थापक मुख्यालय गोपाल लामिछानेको पहलमा आयोजना गरिएको थियो । “यशसा वर्दते भवान्” अर्थात तपाईँको सफलताको निम्ति बधाईहरू भनेर शुरू गरिएको बधाई-पत्रलाई निर्देशालयका नेपाली अनुवादक दीप थापाले पठन गरेपछि प्रतिनिधिहरूलाई उक्त संवर्द्धना-पत्र हस्तान्तरण गरियो। यस कार्यक्रममा सिन्कोना निर्देशालयलाई प्रतिनिधित्व गर्दै निर्देशक डा. शामुएल राईको अगुवाईमा क्रमशः डा. सान्तानु लायेक, सह-हर्टिकल्चरिस्ट, डा. एसके मसुदुल, कुलैनविद् प्रभारी प्रवेश खवास, सुशिल तामाङ अनि शिवकुमार राईले सिन्कोना निर्देशालयलाई प्रतिनिधित्व गरेर आफ्नो बहुमूल्य योगदान प्रदान गरे वापत् तिनीहरूलाई खदा अर्पण गरियो।
यस अवधि समारोहमा डा. सान्तानु लायेक, प्रवेश खवासले क्रमशः रूपमा कोलकत्तामा भएको कार्यक्रममा देखेका तथा भोगेका विषयहरूलाई सभामा जानकारी गराए। आजको सभाको महत्वलाई प्राथमिकता दिँदै प्रतिनिधि टोली लगायत सम्पूर्ण सिन्कोनावासीले सकरात्मक सोंचले गरेको कर्मको प्रतिफललाई उप-निर्देशक, श्रीमती भोटिया अनि व्यवस्थापक लामिछानेले सारगर्वित सम्भाषण राखे। यसैगरी, निर्देशक डा. शामुएल राईले सम्बोधनमा आफ्नो अनुभवलाई सभासमक्ष खुबै प्रभावी ढङ्गमा प्रस्तुत गर्दै मङ्पु, मन्सोङ, रोँगो अनि लाटपञ्चर चारै युनिटका सिन्कोनावासीलाई बधाई सन्देश दिए। सिन्कोना निर्देशालयमा आजको सभामा सह-कुलैनविद् श्रीमती युडेन अङ्मु योञ्जन, उद्भिद रोग विशेषज्ञ सुश्री देवस्मिता मुखर्जी, स्पेशल अफिसर निर्मल भुजेल, युडीसी क्रमैले श्रीमती सरिता राई, गोपाल तामाङ, श्रीमती सुरभी बराइली, एलडीसी ज्योति राई, औषधीय पौधाहरू विशेषज्ञ सुश्री लह्मु शेर्पा, कार्यालय सहयोगी अभिमन्यु गुरूङ, विवेक तामाङ लगायत नैपुण्य प्रकाशनका नैना राई उपस्थित थिए। स्मरण रहोस, खाद्य परिशोधन उद्योगहरू अनि बागवानी विभाग, पश्चिम बङ्गाल सरकारद्वारा गत 17 देखि 19 फरवरी 2024 सम्म नेताजी इण्डोर स्टेडियम कोलकतामा आयोजित हर्टी फुड फेस्ट-2024 सम्पन्न भएको थियो, जहाँ यस वर्ष सिन्कोना निर्देशालयको अङ्शग्रहणले उक्त उत्सवलाई छुट्टै मार्यादा दिन सक्षम बनेको थियो।
मङ्पु सिन्कोना निर्देशालयमा संवर्द्धना कार्यक्रम

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
