मन्त्री गौतम देवद्वारा बस दुर्घटनामा मर्नेका परिवारलाई चेक प्रदान

सिलगढी : सरकारी बस दुर्घटना भएको 24 घण्टाको अवधिमै पीड़ित परिवारका सदस्यहरूलाई राज्यका पर्यटन मन्त्री गौतम देवले क्षतिपूर्ति स्वरूप चेक प्रदान गरे। प्राप्त जानकारी अनुसार आज सड़क दुर्घटनामा 48 वर्षीय बस कन्डक्टर मृदुल दास, 38 वर्षीय सन्तोष मण्डल र 35 वर्षीय इब्राहिम शेखको मृत्यु भएको थियो। मन्त्री गौतम देवले मृतकका परिवारका सदस्यहरूलाई 2 लाख रुपियाँको चेक प्रदान गरे भने गम्भीर रूपमा घाइते भएका सिलगढी विद्याचक्र कोलनी निवासी गीतांगशु घोषको परिवारका सदस्यलाई 25 हजार रुपियाँको चेक प्रदान गरे। तिनले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा परिवारका सदस्यहरूलाई उक्त चेक प्रदान गरेका हुन्। यसबाहेक उत्तरबंग परिवहन निगमले दुर्घटनाको वास्तविक कारण पत्तो लगाउनको लागि जाँच शुरू गरेको बताए। स्मरण रहोस्, आज बिहानै विधाननगरको राष्ट्रिय राजमार्गमा एउटा सरकारी बसलाई पछिल्तिरबाट लरीले धक्का दिँदा तीनजनाको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *