सिलगढी : सरकारी बस दुर्घटना भएको 24 घण्टाको अवधिमै पीड़ित परिवारका सदस्यहरूलाई राज्यका पर्यटन मन्त्री गौतम देवले क्षतिपूर्ति स्वरूप चेक प्रदान गरे। प्राप्त जानकारी अनुसार आज सड़क दुर्घटनामा 48 वर्षीय बस कन्डक्टर मृदुल दास, 38 वर्षीय सन्तोष मण्डल र 35 वर्षीय इब्राहिम शेखको मृत्यु भएको थियो। मन्त्री गौतम देवले मृतकका परिवारका सदस्यहरूलाई 2 लाख रुपियाँको चेक प्रदान गरे भने गम्भीर रूपमा घाइते भएका सिलगढी विद्याचक्र कोलनी निवासी गीतांगशु घोषको परिवारका सदस्यलाई 25 हजार रुपियाँको चेक प्रदान गरे। तिनले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा परिवारका सदस्यहरूलाई उक्त चेक प्रदान गरेका हुन्। यसबाहेक उत्तरबंग परिवहन निगमले दुर्घटनाको वास्तविक कारण पत्तो लगाउनको लागि जाँच शुरू गरेको बताए। स्मरण रहोस्, आज बिहानै विधाननगरको राष्ट्रिय राजमार्गमा एउटा सरकारी बसलाई पछिल्तिरबाट लरीले धक्का दिँदा तीनजनाको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका छन्।
मन्त्री गौतम देवद्वारा बस दुर्घटनामा मर्नेका परिवारलाई चेक प्रदान

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
