मन्त्री निशीथ प्रमाणिकलाई पक्राउ गर्ने मागमा अलिपुरद्वारमा टाँसियो ‘चोर धरो जेल भरो’ लेखिएको पोस्टरहरू

अलिपुरद्वार : अलिपुरद्वार सहरमा केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकविरुद्ध “चोर धरो जेल भरो” लेखिएको पोस्टरहरू टाँसिएको छ। डीवाईएफआई अलिपुरद्वार सदर स्थानीय कमिटीका कार्यकर्ताहरूले गत राति अलिपुरद्वार सहरको विभिन्न इलाकामा उक्त पोस्टर टाँसेको छ। स्मरण रहोस्, अलिपुरद्वार जिल्ला अदालतले केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकविरुद्ध चोरीको मामिलामा पक्राउ गर्ने वारन्ट जारी गरेको छ। अदालतको तर्फबाट तिनलाई समन पठाइसकेको छ। तरै पनि डीवाईएफआई-को तर्फबाट गत राति अलिपुरद्वार सहरको विभिन्न ठाउँमा चोर धरो जेल भरोलेखिएको पोस्टरहरू टाँसेर तिनलाई पक्राउ गर्ने माग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *