माथाभांगामा घरमा आगलागी, लाखौ रूपियाँको नोक्सान

कुचबिहार (निसं): माथाभांगा 1 नम्बर ब्लक अन्तर्गत हाजराहाट दुई ग्राम पञ्चायतको पश्चिम खाटेरबारी इलाकामा आगो लागेर एउटा घर जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार उक्त घटना आइतबार राति घटेको हो। खबर पाउन साथ दमकल विभागको वाहन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्यायो। तथापि, आगलागीको घटनामा घरमा राखेको रूपियाँ, सुनका गर-गहनाहरू लगायत जूट, तम्बाकू, धान जलेर नष्ट भएको छ। आगलागीको घटनामा लाखौ रूपियाँको नोक्सान भएको परिवार पक्षले दावी गरेको छ। शर्ट सर्किटको कारणले उक्त आगो लागेको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *