मतिगढ़ा कलमजोत इलाकामा चितुवाको आतङ्क

सिलगढ़ी: सिलगढीको मतिगढा 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत कलमजोत इलाकामा चितुवाको आतङ्क छाएको छ। सूत्र अनुसार स्थानीय मानिसहरूलाई यस जङ्गल ईलाकामा चितुवा रहेको आशंका रहेको छ। धेरैजसो यहाँका मानिसहरू आतङ्कित बन्नको साथै विशेष गरेर बिहान-बेलुकीको समयमा घरबाट निस्कन छोड़ेको बताइएको छ। यसबारे वन विभागलाई जानकारी दिएपछि सोमवार वनकर्मीहरूले घटनास्थलमा पुगेर छानबिन शुरू गरेको छ। यसको साथै वन विभागको तर्फबाट चितुवा पक्रिनुको लागि एउटा पिञ्जरा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *