मतिगढा थानाद्वारा ड्रग्सबारे जागरूकता कार्यक्रम

सिलगढी : सिलगढी पुलिस कमिश्नर गौरव शर्माले सिलगढीलाई पूर्ण रूपमा नशामुक्त गर्ने उद्देश्य लिएर ड्रग्स सेवन नगरौँ भन्ने अभियान शुरू गरेको छ।  मतिगढा थानाको पहलमा विश्वास कोलनीमा आज एउटा कार्यक्रमको आयोजना गरियो। यस अवधि पुलिसहरूले नशा विरुद्ध चलाइएको उक्त अभियानलाई सफल बनाउनको लागि विश्वास कोलनीका मानिसहरूलाई सहयोग गरिदिने अपील गरे। तिनीहरूलाई ड्रग्सको किन-बेचबारे जानकारी दिने अपील पनि गर्यो। एसीपी चन्दन दासले सिलगढी पुलिस कमिश्नरको पहलमा ड्रग्स सेवन नगरौँ अभियान चलाइरहेको साथै उक्त अभियान अन्तर्गत सिलगढी सहरलाई नशामुक्त गर्ने उद्देश्य रहेको बताए। ड्रगको सेवनबाट युवाहरूलाई बाहिर निकाल्नको लागि पुलिसले रिह्याब सेन्टर शुरू गर्ने तिनले बताए। यसको साथै युवाहरूलाई ड्रग्सको सेवनबाट टाढा राख्ने उद्देश्य लिएर इलाकाको नानी तथा युवाहरूको लागि पुलिसको तर्फबाट निःशुल्क कम्प्युटर कोचिङ सेन्टर एवम् शिक्षा प्रदान गरिने तिनले बताए। कार्यक्रममा मतिगढा थानाका आईसी अनिर्बन भट्टाचार्य, मेडिकल कलेज तथा अस्पताल चौकीका ओसी अमर्त्य चक्रवर्ती लगायत अन्य पुलिस कर्मचारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *