मेयरद्वारा फुलबारीमा सडक निर्माण कार्यको शिलान्यास

फुलबारी (निसं): सिलगढीका मेयर गौतम देवले आज फुलबारीमा पक्का सडकको निर्माण कार्यको शिलान्यास गरे। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको कालाङ्गिनी इलाकामा यस सडकको निर्माण कार्यको आज मेयरले शिलान्यास गरेको हो। जिल्ला परिषदको पहलमा लगभग 67 लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिरहेको छ। यस अवसरमा सिलगढीका मेयर गौतम देव, जलपाईगढी जिल्ला परिषदका अध्यक्ष कृष्णा राय बर्मन, डाबग्राम-फुलबारीको तृणमूल कङ्ग्रेस ब्लक अध्यक्ष देवाशीष प्रमाणिक, उपाध्यक्ष गौतम गोस्वामी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *