मेयरद्वारा स्वयम्‌सेवी संगठनलाई मृतदेह संरक्षण गर्ने बक्सा प्रदान

सिलगढी : सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले सहरको तीनवटा स्वेच्छासेवी संगठनलाई बुधबार मृतदेह संरक्षण गर्ने 3 वटा बक्सा प्रदान गरे। मेयर भट्टाचार्यले बुधबार सहरवासीहरूले कम्ती खर्चमा मृतदेह संरक्षण गर्नसकोस् भन्ने उद्देश्य लिएर सेन्ट जोन्स एम्बुलेन्स, सुकान्तपल्ली फोरम फर ह्युमिनिटी र अञ्जुमन खिदमते खल्क जामा मस्जिदलाई मृतदेह संरक्षण गर्ने उक्त तीनवटा बक्सा प्रदान गरेको बताइएको छ। सांसद प्रदीप भट्टाचार्यको कोषबाट लगभग 5 लाख रुपियाँको लागतमा उक्त 3 वटा मृतदेह संरक्षण गर्ने बक्सा स्वयम्‌सेवी संगठनहरूलाई प्रदान गरेको मेयर भट्टाचार्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *