सिलगढी: सिलगढी मेट्रोपोलिटनको मेडिकल आउटपोस्टको तर्फबाट आज “उत्सर्ग 44औँ” मेगा रक्तदान शिविरको आयोजना गरियो। मेडिकल आउटपोस्टको पहलमा तथा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविर एवम् स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। यस अवसरमा मुख्य अतिथिको रूपमा सिलगढी मेट्रोपोलिटनका एडीसीपी शुभेन्द्र कुमार, मेडिकल कलेजका सुपर सञ्जय मल्लिक उपस्थित थिए। एडीसीपी शुभेन्द्र कुमारले दीप प्रज्ज्वलन गरेर शिविरको उद्घाटन गरे। उक्त शिविरमा थानाका पुलिस कर्मी लगायत साधारण मानिसहरूले रक्तदान गरे भने शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ। यसको साथै आज आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगाफाटा तथा स्कुलका नानीहरूलाई पठन-पाठनको सामग्रीहरू प्रदान गरियो। यस सम्बन्धमा एडीसीपी शुभेन्द्र कुमारले भने, रगतको कमीलाई दूर गर्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले लगातार उत्सर्ग रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। आज यस अभियानको यो 44 औँ रक्तदान शिविर हो।
मेडिकल आउटपोस्टको तर्फबाट “उत्सर्ग 44औँ” रक्तदान शिविरको आयोजना

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
