मिरिकमा दुई दिने उत्तरबंग उत्सव हुने

मिरिक : मिरिकमा आगामी 30 र 31 जनवरीको दिन भव्यताको साथमा उत्तर बङ्गाल उत्सव आयोजना गरिने भएको छ। शुक्रबार मिरिक नगरपालिका अध्यक्षको चेम्बरमा नगर अध्यक्ष एलबी राईको अध्यक्षतामा सम्पन्न एउटा महत्वपूर्ण बैठकमा उक्त निर्णय लिएको बताइएको छ। बैठकमा महकुमा अधिकारी, खण्ड विकास अधिकारी तथा विभिन्न विभागका शीर्ष प्रतिनिधिगण, नगरपार्षद-पार्षदिकाहरूको उपस्थिति रहेको थियो। उक्त सभामा आगामी 30 र 31 जनवरीमा आयोजना गरिने दुई दिवसीय उत्तरबङ्गाल उत्सव अवधि विविध सांस्कृतिक, साङ्गेतिक कार्यक्रमहरूको आयोजना गरिने निर्णय लिएको छ भने यस उत्सव अवधि विभिन्न स्टलहरू पनि राखिने निधो गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *