मिरिकमा निःशुल्क स्वास्थ्य जाँच शिविर

मिरिक :  मिरिक ११ माइल ज्योति सामाजिक सङ्घले आज व्यवसाय वेलफेयर सङ्गठन भवनमा निःशुल्क स्वस्थ्य जाँच शिविरको आयोजन गर्यो। फ्रि मेडिकल क्याम्पको नेतृत्व सङ्घका अध्यक्ष टीबी छेत्री अनि सचिव अजित छेत्रीले गरेका थिए। शिविरमा दाँतको डक्टर, जेनरल फिजिसियन, गाइनो डाक्टर लगायत अन्य विशेषज्ञहरूले मानिसहरूको स्वास्थ्य जाँच गरेर निःशुल्क दबाई वितरण गरे।


शिविरमा दार्जिलिङका डाक्टर एम शेर्पा, डा. टी  युडन, डा. यल्मो, डा. एस जमाल, डा. देवेन्द्र प्रधान, डा. यास्मिन तामाङ लगायत डा. सीएस शर्माले उक्त क्षेत्रका मानिसहरूको स्वास्थ्य जाँच गरेर उचित परामर्श दिए। शिविरमा सहयोगी डाक्टरहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *