मिथुन चक्रवर्तीले प्रार्थी सुपेन रायको समर्थनमा बेलाकोवामा गरे चुनाउ प्रचार

राजगञ्ज : अभिनेता मिथुन चक्रवर्तीले आज राजगञ्ज विधानसभा क्षेत्रका भाजपा प्रार्थी सुपेन रायको समर्थनमा बेलाकोवामा एउटा जनसभालाई सम्बोधन गरे। तिनी आज सड़क मार्ग भएर जनसभास्थलमा आइपुगे। जनसभालाई सम्बोधन गर्दै तिनले तृणमूल कङ्ग्रेसको खोइरो खन्दै भाजपा सत्तामा आए राज्यमा कुनै प्रकारको हिंसा नभएर शान्ति बहाली हुने बताए।


यसपल्टको विधानसभा चुनाउमा भाजपाले विपुल मतले जीत हासिल गरेर राज्यमा सरकार गठन गर्ने दावी गर्दै सरकार गठन भएको 6 महिनाको अवधिमै बंगालमा परिवर्तन हुने तिनले बताए। यस अवसरमा भाजपा प्रार्थी सुपेन राय, भाजपा जलपाईगढी जिल्लाका उपाध्यक्ष दिलीप चौधरी, युवा नेता दीपाङ्कर दास, तपन राय लगायत धेरै संख्यामा भाजपाका कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *