मुख्यमन्त्री आज सिलगढी आउने

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज सिलगढी आउने भएकी छन्। आज अपरान्ह तीन बजी मुख्यमन्त्री बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै शिवमन्दिर आठारोखाई ग्राम पञ्चायत मैदानमा उत्तरबंग बंग उत्सवको उद्घाटन गर्ने भएकी छन्। यसपछि तिनी दार्जिलिङ प्रस्थान गर्ने भएकी छन्। आगमी 22 जनवरीको दिन एनआरसी र सीएए-को विरोधमा दार्जिलिङमा एउटा पदयात्राको आयोजना गरिने भएको छ। उक्त पदयात्रा दार्जिलिङको डालीबाट शुरू गरेर दार्जिलिङ ट्याक्सी स्ट्यान्डमा पुगेर समापन गरिने भएको छ। आगामी 23 जनवरी दार्जिलिङमा नेताजी जन्मजयन्ती पालन गरेपछि मुख्यमन्त्री सिलगढी फर्किनेछिन्। सिलगढीको उत्तर कन्यामा रात बिताएपछि तिनी 24 जनवरीको दिन कलकत्ता फर्किने भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *