दार्जिलिङ : टाटा मुम्बई म्याराथान दौड प्रतियोगितामा दार्जिलिङकी सोनिया राईले चौबन्दी र फरिया लगाएर दौडिन्। यसको साथै तिनले सबैको ध्यान आफूमाथि आकर्षित गराउनको साथै उक्त दौडमा 10औँ स्थानमा जीत हासिल गर्न तिनी सफल भइन्। धावकको परम्परालाई पर सारेर दौड जित्नको लागि होइन तर भारतीय गोर्खा र दार्जिलिङ पहाडको गर्व र परिचय देखाउन आफूले मुम्बई म्याराथानमा 42 किलोमिटरको दौडमा अंश ग्रहण गरेको हो भन्दै तिनले उक्त दौड 4 घण्टा 16 मिनट 42 सेकेन्डमा पुरा गरेर दशौँ स्थान ओगट्न सफल भइन्। जीतपछि तिनले भनिन्, अन्तर्राष्ट्रिय स्तरको म्याराथानमा दौड जित्नभन्दा बढी हामी गोर्खाको गौरव र परिचय देखाउन थियो यसैले गर्दा चौबन्दी र फरिया लगाएर दौडिने निर्णय गरेको थिए जसमा म पनि सफल भएको छु। चौबन्दी र फरिया लगाएर दौड्नु केही असहज कुरो भए तापनि यसलाई आफूले असहजता नमानेको दार्जिलिङ रामपुरे बस्ती निवासी 26 वर्षीय सोनिया राईले बताइन्। उक्त टाटा मुम्बई म्याराथान प्रतियोगितामा 42 किलोमिटरको दौड रहेको जसमा 9 हजार 6 सय 22 जना धावकले भाग लिएका थिए। सोनियाबाहेक दार्जिलिङका अन्य चार धावक छिरीङ ल्महु भुटिया, विक्रम राई, जतीन छेत्री र रितेश राईले पनि यस म्याराथान दौडमा अंश ग्रहण गरेका थिए।
मुम्बई म्याराथानमा चौबन्दी र फरिया लगाएर दौडिन् दार्जिलिङकी सोनिया

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
