म्युजिकल ब्याण्ड च्याम्पियन नेपालको सिजन 1 प्रतियोगितामा दार्जिलिङको मेराकी ब्याण्ड चयन

खरसाङ : नेपालको काठमाण्डौंमा सम्पन्न भइरहेको म्युजिकल ब्याण्ड च्याम्पियन नेपाल सिजन 1-मा पहाड़का युवाहरूद्वारा गठित म्युजिकल ब्याण्ड मेराकी पनि चयन भएको छ। दार्जिलिङ र खरसाङ क्षेत्रका युवाहरुद्वारा सन् 2018 मा गठन गरेको उक्त मेराकी ब्याण्डले नेपालमा भइरहेको रियलिटी शो “ब्याण्ड च्याम्पियन नेपाल” मा अडिशन दिएर चयन भइसकेका छ। नेपाल र दार्जिलिङ पहाड़का लगाएर जम्मा 250 ब्याण्डहरूले भाग लिएको यसमा मेराकी ब्याण्डले टप 26 मा आफ्नो स्थान बनाउन सफल भएको छ। अब ब्याण्ड टप 10 मा पुग्न सफल भए भोटिङमार्फत् अघि बढ़ने भएको छ। उक्त ब्याण्ड च्याम्पियन नेपाल सिजन 1 को विजेतालाई 2 लाख नगद राशिसहित 7 वटा देशको भ्रमण गर्न पाउने भएको छ। दार्जिलिङ र खरसाङ क्षेत्रका युवाहरू मिलेर गठित मेराकी ब्याण्डले योभन्दा अघि पनि विभिन्न सांगीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुती दिइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *