नाबालिका छात्रासँग अश्लील व्यवहार गरेको शिक्षकविरुद्ध आरोप

सिलगढी : दोस्रो श्रेणीको एकजना नाबालिका छात्रासँग अश्लील व्यवहार गर्ने प्रयास गरेको शिक्षकविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार सूर्यसेन कलेज संलग्न एउटा प्राइमेरी स्कुलका शिक्षक सुब्रत मजुमदारले दोस्रो श्रेणीको छात्रासँग अश्लील व्यवहार गर्ने प्रयास गरेको बताइएको छ। यस घटना सम्बन्धमा छात्राका परिवारका सदस्यहरूले पहिला स्कुल प्रबन्धनलाई लिखित अभियोग गरेपछि एनजेपी थानामा पनि लिखित अभियोग दर्ता गरेको छ। आरोपी शिक्षकलाई कठोर सजाय दिनुपर्ने पीडित परिवारका सदस्यहरूले माग गरेका छन्। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *