नाबालिकासित अभद्र व्यवहार गर्ने युवक पक्राउ, पोस्को एक्टअन्तर्गत मामिला दर्ता

सिलगढी सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधाननगर थाना अन्तर्गत समरनगर इलाकामा एउटी नाबालिकासित दुर्व्यवहार गरेको आरोपमा सिलगढी महिला पुलिसले राजु हकलाई पक्राउ गरेको छ। आरोपी युवकविरुद्ध पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गर्नको साथै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार समरनगर इलाका निवासी उक्त नाबालिकालाई राजु हकले अभद्र व्यवहार गर्ने गरेको बताइएको छ। यसको साथै राजु हकले हिजो फेरि नाबालिकासित अभद्र व्यवहार गरेपछि तिनले यसबारे परिवारका सदस्यहरूलाई जानकारी गराइन्। यसपछि परिवारका सदस्यहरूले प्रधाननगर थानामा उक्त युवकविरुद्ध अभियोग दर्ता गरे। नाबालिकासित अभद्र व्यवहार गरेकोले मामिला रहेको थाहा पाएपछि उक्त मामिला महिला थानामा फरवर्ड गरिदिएपछि गत राति पुलिसले राजु हकलाई समरनगर इलाकाबाट पक्राउ गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *