नदी घाट नखोलेपछि खोरीबारी ट्र्याक्टर एसोसिएसनद्वारा ज्ञापन

सिलगढी : जिल्लाको विभिन्न ब्लकको नदी घाट खोलिए तापनि खोरीबारी ब्लकको नदी घाट नखोलिएकोले ट्र्याक्टर चालक लगायत नदीबाट बलुवा-ढुङ्गा उठाउने मानिसहरू समस्यामा परेका छन्। यसैले चाँडै नदी घाट खोलिनुपर्ने माग गर्दै खोरीबारी ट्र्याक्टर एसोसिएसनले आज खोरीबारी समष्टि विकास अधिकारी तथा भूमि संस्कार अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस विषयमा एसोसिएसनका सदस्य सुब्रत तालुकदारले भने, विभिन्न ब्लकको नदी घाट खोलिए तापनि खोरीबारीको नदी घाट बन्द रहेको छ। चाँडै नदी घाट नखोले आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्। अर्कोतिर खोरीबारीका बीडीओ निरञ्जन बर्मनले भने, ग्रीन ट्रिब्युनलको निर्देश समाप्त भएपछि हाल घाट खुल्ला रहेको छ। तथापि, लिजको कारण समस्या भइरहेको छ। यस विषयमा उच्च अधिकारीलाई अवगत गराएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes