नागरी फार्म चियाबारीमा वनस्पतिको पूजा अर्चना सहित नयाँ चियापत्तीको टिपाइ शुरू

सुकेपोखरी: पोख्रेबुङ नागरी क्षेत्रको कतिपय चियाकमानमा चियाको मुना पलाउन शुरू भइसकेको छ भने कतिपय कमानमा उत्पादनको साइत हेर्ने कार्य समेत सम्पन्न गरिएको देखियो । यसै क्रममा लोहिया कम्पनी अधिनस्थ चामोङ ग्रूप अफ् गार्डन अन्तर्गत रहेको नागरी फार्म चियाबारीमा विधिपूर्वक वनस्पतिको पूजा अर्चना गरेर काँचो चियापत्ती टिपाइको साइत निकालिइयो। महाप्रबन्धक टीसी शर्मा, सह प्रबन्धकगण, मुन्सी बीके प्रधान आदिको उपस्थितिमा सम्पन्न यस कार्यक्रमको शुरूमा पाँचजना कन्याहरूद्वारा चियापत्ती टिपाइयो । यसबारे महाप्रबन्धक टीसी शर्माले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *