सिलगढी : सिलगढी नगरनिगमको पहलमा हिजो दीनबन्धु मञ्चमा आयोजित गरिएको नागरिक सभामा साधारण मानिसहरूलाई आफ्नो विचार राख्ने अवसर नदिएको साथै सभामा तृणमूल काउन्सिलरहरूलाई आमन्त्रित नगरिएको दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस सभापति रञ्जन सरकारले आरोप लगाएका छन्। तिनले आज दार्जिलिङ जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वाम परिचालित नगरनिगमप्रति क्षोभ प्रकट गरे। यो एउटा राजनैतिक सभा भए तापनि वामफ्रन्टले झुटो बोल्दै साधारण मानिसहरूलाई उक्त सभामा लगेको साथै सीपीएम, कांग्रेस र भाजपा एक भएर बङ्गालमा अशान्ति फैलाउने प्रयास गरिरहेको तिनले आरोप लगाउँदै यसको तीव्र प्रतिवाद जनाए। यसको साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी नगरनिगमको विकासको लागि करोडौँ रुपियाँ आवन्टित गरे तापनि सिलगढी सहरलगायत यसको वरिपरिका क्षेत्रहरूमा सटीक विकास कार्य नभएकोमा मेयर अशोक भट्टाचार्यलाई तिनले यसको जिम्मेवार ठहराए। भाजपाको भ्रातृ संगठन आरएसएसलाई पनि माकपाले आफ्नो पक्षमा ल्याउनको लागि विभिन्न ठाउँहरूमा रुपियाँ खर्च गरिरहेको पनि तिनले गम्भीर आरोप लगाए।
नागरिक सभामा तृणमूल पार्षद्हरूलाई आमन्त्रित नगरिएको रञ्जन सरकारको आरोप

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
