नगरकट्टा : मटेली नारी संगठन महिला संस्थाको तर्फबाट आज नगरकट्टामा अनलाइन हस्तशिल्प प्रतियोगिताको आयोजना गरियो। लकडाउनको समय घरमा बसेका महिलाहरूको लागि सोशल मीडियाको माध्यमद्वारा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। जिल्लाको विभिन्न ठाउँका महिलाहरूले उक्त प्रतियोगितामा अंशग्रहण गरेको थिए भने भोटिङको माध्यमद्वारा उत्कृष्ट प्रतियोगीहरूलाई चयन गरिएको बताइएको छ। निर्णायक मण्डलीद्वारा तीनजना उत्कृष्ट प्रतियोगीहरू क्रमैले नगरकट्टा सुखानी बस्तीकी श्रीमति ज्योति बेक प्रथम, मटेली बजारकी श्रीमति लबोनी भट्टाचार्जी दोस्रो अनि जुरन्ती चियाकमानकी झुमा मौलिक तेस्रो भइन्। वर्तमान कोभिड 19-को समयमा महिलाहरू समक्ष पुग्ने उद्देश्य लिएर अनलाइन नारी संगठन समूह बनाएर महिलाहरूलाई काउन्सिलिङ, मोटिभेशन लगायत अन्य विभिन्न प्रकारको प्रतियोगितात्मक कार्यक्रमहरूको माध्यमद्वारा तिनीहरूलाई सुरक्षित साथै तिनीहरूभित्र भएको कलालाई अघि ल्याउने प्रयास गरिरहेको तिनले बताइन्। यसको साथै अब गायन, नृत्य अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरिने संस्थाकी सभापति प्रधानले जानकारी गराइन्।
नगरकट्टामा अनलाइन हस्तशिल्प प्रतियोगिताको आयोजना

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
