नगरकट्टा : नगरकट्टा ब्लकस्थित धरनीपुर 31 नम्बर राष्ट्रिय राजमार्गमा भएको सड़क दुर्घटनामा एउटी महिला लगायत दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा वाहन सिलगढीदेखि मादरीहाटतर्फ गइरहेको समय अचानक वाहनको पछिल्तिरको चक्का पम्चर हुँदा उक्त वाहन धरनीपुर चौपथी नजिक रहेको ब्रिजको रेलिङमा गएर ठोक्किँदा वाहनमा सवार एउटी गर्भवती महिला लगायत अन्य दुईजना व्यक्ति घाइते भएको बताइएको छ। दुर्घटनापछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर सुलकापाड़ा अस्पतालमा लगियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।