सिलगढी : सिलगढी नगरनिगमको चुनाउ हुन अब केही दिन मात्र बाँकी रहेकोले विभिन्न वार्डका मानिसहरूसितको सम्बन्ध प्रगाढ गर्नको साथै मानिसहरूलाई आफ्नो पार्टीमा आकर्षित गर्नको लागि तृणमूल कांग्रेसले केही नयाँ रणनीतिहरू तयार गरेको छ। यसै क्रममा राज्यका पर्यटन मन्त्री गौतम देवले सिलगढी नगरनिगमका 2, 4, 5, 45, 46 र 47 नम्बर वार्डहरूमा घुमेर आज विविध विकास कार्यहरूको योजनासँगै मानिसहरूलाई तिनीहरूको जमिनको पर्जा पट्टा वितरण गरे। सिलगढीमा दिन्दिनै चुनाउको तापक्रम बढ्नको साथै विभिन्न राजनैतिक पार्टीहरू आउँदो नगरनिगम चुनाउको पर्खाइमा रहेको देखिन्छ। यसैगरी, राज्यको सत्तारूढ पार्टी तृणमूलले यसपल्टको चुनाउमा विजय हासिल गरेर नगरनिगम दखल गर्ने प्रयास गर्दै मानिसहरूलाई आफूहरूतिर आकर्षित पार्न विभिन्न परियोजनाहरूको उद्घाटन गर्नको साथै केही वार्डहरूमा जमिनको पट्टा वितरण गर्ने कार्य गरिरहेको छ। आज मन्त्री गौतम देवले सर्वप्रथम एउटा कार्यक्रमबीच 5 नम्बर वार्डबाट शुरू गरेपछि 4 नम्बर वार्डमा 2 परिवार, 5 नम्बर वार्डमा 20 परिवारलाई जमिनको पट्टा वितरण गरे। यसैगरी, 47 नम्बर वार्डको पनि परिभ्रमण गर्दै त्यहाँ 2 परिवारलाई जमीनको पट्टा दिए। यसबाहेक 46 नम्बर वार्डमा 10 परिवारलाई, 45 र 2 नम्बर वार्ड मिलाएर मोठ 10 परिवारलाई पनि जमीनको पट्टा वितरण गरे। यस अवसरमा मन्त्री गौतम देवले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशाअनुसार आज सिलगढीका विभिन्न वार्डहरूमा मानिसहरूलाई जमीनको पट्टा वितरण गरेको बताए। यसको साथै धेरै समय अघिदेखि सरकारी जमीनमा बस्दै आइरहेका अन्य परिवारका सदस्यहरूलाई पनि चाँडै जमीनको पट्टा वितरण गरिने तिनले आश्वासन दिएका छन्।
नगरनिगम चुनाउको मुखैमा मन्त्री गौतम देवले वितरण गरे जमिनको पट्टा

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
