नक्सलबारीमा गाँजा सहित एकजना पक्राउ

नक्सलबारी : नक्सलबारीमा गाँजा सहित रोहन खादका (18) नाम गरेको युवकलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा एसएसबी 8 नम्बर बटालियनका जवानहरूले हिजो नक्सलबारीको टोल प्लाजामा अभियान चलाएर 4 केजी गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। एसएसबीका जवानहरूले पक्राउ गरेको युवकलाई नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएपछि आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *