नव वर्षको अवसरमा सिलगढीमा सांस्कृतिक कार्यक्रमको आयोजना

सिलगढी : बाङ्ग्ला नव वर्षको अवसरमा सांस्कृतिक जगतका कलाकारहरूको एउटा संगठनद्वारा सिलगढीको बाघाजतीन पार्कमा आज कार्यक्रमको आयोजना गर्यो। प्रभात फेरीको माध्यमद्वारा संगठनका सदस्यहरूले नयाँ वर्षलाई स्वागत जनाए। स्मरण रहोस्, गत केही वर्षदेखि उक्त संगठनका कलाकारहरूले बाङ्ग्ला नव वर्षको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छन्। तथापि, यस वर्ष कोरोना सङ्क्रमणको कारणले गर्दा सामान्य रूपमा कार्यक्रमको आयोजना गरेर नव वर्ष मनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *