नवाङ्कुर सङ्घलाई पराजित गरेर युकेएफसी सेमिफाइनलमा

सिलगढी : रोमाञ्चक म्याचमा नवाङ्कुर सङ्घ सिलगढ़ीलाई पराजित गरेर युकेएफसी खरसाङ पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज शनिवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा युकेएफसीले नवाङ्कुर सङ्घलाई 2-1 गोलले पराजित गऱ्यो। आजको म्याच शुरू भएको छैटौं मिनटमा युकेएफसीका खेलाडी सिद्धान्त छेत्री(जर्सी नम्बर 9) ले पहिलो गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए। यसपछि खेलको 25औ मिनटमा युकेएफसीकै खेलाड़ी बिरेन प्रधानले अभाग्यवश् आफ्नै गोलपोस्टमा गोल गर्दा स्कोर बराबरी 1-1 मा पुग्यो।


यसपछि प्रशान्त गुरूङ (जर्सी नम्बर 17) ले म्याचको लगभग अन्ततिर 85औ मिनटमा खुबै दर्शनीय गोल विपक्षी नेटमा छिऱ्याएर आफ्नो टोलीको जीत सुनिश्चित गर्नको साथै टोलीलाई सेमिफाइनलको टिकट पनि दिलाए। विजयी टोली युकेएफसी-का खेलाडी सिद्धान्त छेत्रीलाई आजको खेलमा म्यान अफ् द म्याच चयन गरेर प्रमुख अतिथि टीटी शेर्पाको बाहुलीबाट आकर्षक ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोली आइतवारको दिन दोस्रो क्वार्टर फाइनल खेल गोर्खा ब्रदर्श असम बनाम एसएसबी रानीडांगामाझ भिड़न्त हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *