नक्सलबारीबाट गाँजा सहित एकजना युवक पक्राउ

नक्सलबारी : एसएसबी 8 नम्बर बटालियनका जवानहरूले 5 केजी 300 ग्राम गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक नेपाल निवासी 20 वर्षीय मुकेश श्रेष्ठको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एसएसबीका जवानहरूले आज नक्सलबारी बीडीओ कार्यालय अघिबाट 5 केजी 300 ग्राम गाँजा सहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकले उक्त गाँजा नेपालबाट सिलगढी बिक्री गर्ने उद्देश्यले ल्याएको थियो। एसएसबीका जवानहरूले पक्राउ गरेको युवकलाई नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *