नक्सलबारी बस स्ट्यान्डमा महिलाको ब्याग छिनताई  

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत पर्ने बस स्ट्यान्ड नजिक उभिएकी एउटी महिलाको ब्याग छिनताई गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार मारापुर चियाकमान क्षेत्र निवासी एउटी महिला नक्सलबारी थाना अन्तर्गत पर्ने बस स्ट्यान्डमा उभिरहेको समय एकजना युवकले तिनको ब्याग खोसेर चम्पट कसेको बताइएको छ। उक्त ब्यागमा केही नगद राशि, एटीएम कार्डलगायत केही आवश्यक कागजपत्र रहेको पीडित महिलाले बताइन्। उक्त महिलाले यसबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा नक्सलबारी थाना पुलिसले उक्त इलाकामा जडान गरेको सीसी टीभी क्यामाराको माध्यमद्वारा आरोपीको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *